• Thursday 22nd of October 2026

दार्जलिङ रेल दुघर्टना, मर्नेको सङ्ख्या १५ पुग्यो


  • धनकुटा खबर
  • .

दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो ।

सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖