• Thursday 22nd of October 2026

बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज (सोमबार) साँझ कोटेश्वबाट ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्करलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यू भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖