• Thursday 22nd of October 2026

जहाजले टेक अफ लिने बेला धावनमार्गमा स्याल देखिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको जहाज अकस्मात रोकिएको छ ।

जनकपुरबाट काठमाडौ आउन लागेको बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसके स्याल देखिएको थियो ।

त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो ।

त्यसपछि सुरक्षित रुपमा पुन: जहाज काठमाडौंका लागि उडेको हो । यो सोमबार बिहान करिब १० बजेको समयमा भएको हो । सो समयमा विमानस्थल प्रमुख भीमदत्त पन्त आफैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को ड्युटीमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖