काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ ।
दुई नेताबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।