नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् ।
दाेलखाका अजित गोलेले आफैँले निधारमा गोली हानेर आत्महत्या गरेको बताइएको छ ।
गोलेले संसद् भवनको २ नम्बर गेटको शौचालयमा इन्सास राइफलबाट गोली हानेको प्रहरीको भनाई छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
