• Thursday 22nd of October 2026

बकर इदमा सरकारले सार्बजनिक बिदा त दियो तर प्रहरीले नमाज पढ्न १ घण्टा पनि बिदा पाएन


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले मुस्लिम समुदायको भावनालाई कदर गर्दै बकर इदको अवसरमा १ दिने सार्वजनिक बिदा दिए पनि प्रहरीलाई १ घण्टा समेत बिदा नदिएको भन्दै संसदमा कुरा उठेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले प्रहरीले बिदा नपाएको विषय उठाएका थिए । ‘जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान निशार खानले नमाज पढ्नका लागि १ घण्टा बिदा माग्दा समेत डीएसपी सुधिर राईले दिनु भएन । यो कहाँसम्मको सामाजिक न्याय हो’ खानले संसदमा भनेका थिए ।

नमाजको दिन बिदा नदिने भन्ने नियत राखेर बिदा नदिएको भन्ने विषय भने ललितपुर प्रहरीले अस्वीकार गरेको छ । ३ असारमा बकर इदको अवसरमा सकारले सार्वजनिक बिदा दिएको थियो । तर त्यसअघि नै अनुशासन उल्लंघन गरेकाले जवान खानलाई ३/४ दिन बिदा नछोड्नु भनेर नछाडिएको ललितपुर प्रहरी बताउँछ ।

‘नियतवश त्यस्तो बिदा नदिने भन्ने केही होइन । अनुशासन उल्लंघन गरेको भन्दै ३/४ दिन आउट नदिनु भनेको रहेछ । यही बीचमा इद परेकाले इस्यु बनाउन खोजिएको हो । नमाज पढ्न बिदा नदिने भन्ने होइन’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖