• Thursday 22nd of October 2026

अझै नियन्त्रणमा आएन डेल्टा कम्प्लेक्समा लागेको आगो


  • धनकुटा खबर
  • .

बुटवलको मिलनचोक‌स्थित डेल्टा कम्प्लेक्समा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

बिहीबार साँझ लागेको आगो निभाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार डेल्टा कम्प्लेक्सको चौथो तलाबाट आगलागी सुरू भएको हो। यो मार्टमा जुत्तादेखि लुगा, खाद्यान्न बजार र एजुकेसन मार्ट थिए।
सुरूमा ६ वटा दमकलले आगो निभाउने प्रयास गर्दा पनि नसकेपछि पूरै भवनमा आगो लागेको छ।

अहिले बुटवलसहित सिद्धार्थनगर, सैनामैना, लुम्बिनी, तिलोत्तमा लगायत पालिका, नेपाल आयल निगम र भैरहवा विमानस्थलको समेत गरी १३ वटा दमकल प्रयोग भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖