• Friday 9th of October 2026

सुरू भयो कोपा अमेरिका, अर्जेन्टिना र क्यानडाबीच उद्घाटन खेल


  • धनकुटा खबर
  • .

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका आजदेखि सुरू भएको छ।

कोपा अमेरिकाका यसपालि संयुक्त राज्य अमेरिकाले आयोजना गरेको हो।
प्रतियोगिताको पहिलो खेलमा साविक विजेता अर्जेन्टिना र क्यानडा खेलिरहेका छन्।

खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेको छैन।
प्रतियोगितामा यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता अमेरिकाको १४ शहरमा जुन २० र जुलाइ १४ सम्म हुँदैछ। प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा छन्। समूह ‘बी’मा मेक्सिको, इक्वेइडर, भेनेजुएला र जमैका छ।

समूह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् भने समूह ‘डी’मा ब्राजिल, कोलम्बिया, पाराग्वे र कोष्टारिका छन्।

समूह चरणका खेलपछि जुलाई पाँचदेखि क्वाटरफाइनलका खेलहरू हुनेछन्।

जुलाई १० देखि सेमिफाइनल र जुलाई १५ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖