• Thursday 22nd of October 2026

महेन्द्रनगरबाट धनगढी आइरहेको विङ्गर दुर्घटना,६ जना घाइते


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको विङ्गर दुर्घटना भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖