• Thursday 22nd of October 2026

फेवातालमा पौडी खेल्दा डुबेर भण्डारीको मृत्यु


  • धनकुटा खबर
  • .

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय सञ्जय भण्डारीको मृत्यु भएको छ।

लेकसाइडस्थित फेवाताल चिसापानीमा पौडी खेल्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भएका भण्डारीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भण्डारीसहित ५ जना पौडी खेल्न गएकामा भण्डारी पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर फेवाताल रेस्क्यू टावर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले खोजीकार्य सुरू गरेको कालिका गणका गणपति एसपी अरूणकुमार शर्माले जानकारी दिए।

गोताखोर टोलीले अचेत अवस्थामा भेटाएको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमाअस्पतालले साढे ५ बजेतिर मृत्यु घोषित गरिदिएको एसपी शर्माले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖