• Thursday 22nd of October 2026

खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । राजधानीको गोकर्णेश्‍वर नगरपालिका-८ गोकर्ण बेशीगाउँबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖