• Thursday 22nd of October 2026

चोरीमा संलग्न नेपाली र भारतीय प्रहरीबीच गोली हानाहान


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय प्रहरीले चोरीमा संलग्न तीनजना नेपालीलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी रहेका छन् ।

प्रहरीको फरार सूचीमा रही जनही २५ हजार रुपैयाँ पुरस्कार तोकिएका उनीहरूलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगर प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीनै जनालाई भिडन्तमा पक्राउ परेको र उनीहरूको खुट्टामा गोली लागेको प्रहरीको भनाई छ ।

चोरीमा संलग्न अन्य दुईजना अभियुक्त फरार रहेका छन् । उनीहरुको पनि प्रहरीले खोजीकार्य गरिरहेको जनाएको छ । उनीहरूको साथबाट मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖