• Thursday 22nd of October 2026

माछा मार्न गएका शिक्षकलाई बाढीले बगाउंदा भयो मृत्यु,छ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ९ । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖