• Thursday 22nd of October 2026

आफ्नै बहिनीलाई दाईले यस्तो गरेपछि…


  • धनकुटा खबर
  • .

रौतहट— आफ्नै बहिनीको हत्या गरेको आरोपमा प्रहरीले दाईलाई पक्राउ गरेको छ।

जिल्लाको परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दीपन्द्रले घरायसी विवादको कारण रिस आवेगमा बाँसको मुङ्ग्रोले हान्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

उनीमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖