• Friday 23rd of October 2026

काठमाडौंका यी स्थानमा आज ७ घन्टा विद्युत् अवरूद्ध हुने


  • धनकुटा खबर
  • .

काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ।
विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक , नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ।

ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖