• Friday 23rd of October 2026

छोरीको वेडिङ एनिभर्सरी मनाउन अष्ट्रेलिया पुगेका एक नेपालीको कारको ठक्करबाट मृत्यु


  • धनकुटा खबर
  • .

काठमाण्डौं– आफ्नो छोरीको २५औँ वेडिङ एनिभर्सरी (विवाह वार्षिकोत्सव) मनाउन अष्ट्रेलिया पुगेका ७९ वर्षीय एक नेपालीको सिड्नीमा भएको कार दुर्घटनामा परी मृत्यु भएको छ।

वृद्धलाई आइतबार राति कारले ठक्कर दिएको जनाईएको छ। मृतकको नाम र नेपालको ठेगाना भने खुलेको छैन। राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा पुगेको थियो।

राति करिव पौने १२ बजे पुगेको प्रहरीले उनलाई अस्पताल भर्ना गरेको थियो। स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ। प्रहरीले घटनामा संलग्न रहेको कारको फोटो सार्वजनिक गरेको छ।

प्रहरीले नजिकैको घरमा रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ। मृतककी छोरीले भने आफ्नो बाबुलाई मदत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖