• Friday 23rd of October 2026

गाडीभित्रको शंकास्पद सुटकेसमा भेटिए थोत्रा कपडा र सुर्तीका पोका


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित बीचबजारमा पार्किङ गरिराखेको गाडीभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको विज्ञ टोलीले झन्डै पाँच घन्टापछि शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

बुधबार दिउँसो पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले सुटकेस राखेर हिँडेका थिए ।

सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरू भेटिएको धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

कारमा शंकास्पद वस्तु राख्ने एक जनालाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट नियन्त्रणमा लिए प्रहरी उपरिक्षक केसीले बताए ।

अज्ञात व्यक्तिले कारभित्र सुटकेस राखेर हिँडेपछि दिनभर बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖