• Friday 23rd of October 2026

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २० । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖