• Friday 23rd of October 2026

यसरी मन्त्रालयभित्रै पस्यो पानी


  • धनकुटा खबर
  • .

बुटवल। अविरलको वर्षाले दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी देउखुरीभित्र रहेका मन्त्रालयहरू डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।

उनले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयभित्र पानी पसेको जानकारी दिए । ती मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए ।

प्रदेश सभा र मन्त्रालयहरू एउटै कम्पाउन्डभित्र रहेका छन् । केही क्षेत्रमा कन्स्ट्रक्सनको काम भइरहेकोले पनि पानी पसेको बताइएको छ ।

दाङमा गत रातिदेखि परेको भीषण वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् ।सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖