काठमाडौँ । शुक्रबार राति देखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।
बागमती, विष्णुमती, हनुमन्तेलगायत विभिन्न नदी तथा खोलमा बहाव यतिबेला उच्च रहेको छ ।
यता ढलको राम्रो निकास नहुँदा विभिन्न सडकहरू डुबानमा परेका छन् । ललितपुरको सातदोबाटोदेखि धापाखेल जाने सडकमा यतिबेला पानी जमेको छ ।
सडकमा पानी जमेपनि सर्वसाधारण यात्रा गर्न बाध्य छन् ।-सुवास श्रेष्ठ/रातोपाटी
