• Friday 23rd of October 2026

पृथ्वी राजमार्गको कल्भर्ट बगायो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह


  • धनकुटा खबर
  • .

पोखरा । तनहुँमा कल्भर्ट बगाउँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण तनहुँ म्याग्दे ६ र शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा रहेको कल्भर्ट बगाएको हो ।

कल्भर्ट तत्काल बन्ने अवस्था नभएकोले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सूचना जारी गरेको छ । `पृथ्वी राजमार्ग पूर्णरुपमा अवरोध भएकोले सो राजमार्ग भई आवतजावत गर्ने सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिन्छ,´ तनहुँ प्रशासनले भनेको छ ।

सडक सञ्चालनका लागि प्रयास गरिरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖