• Friday 23rd of October 2026

बेपत्ता महिला अजिङ्गरको पेटभित्र मृत फेला


  • धनकुटा खबर
  • .

एजेन्सी । मध्य इन्डोनेसियामा मङ्गलबार बिहान घरबाट निस्किएपछि बेपत्ता भएकी ३६ वर्षीया महिला अजिङ्गरको पेटभित्र मृत फेला परेकी छन् ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न घरबाट निस्किएकी उनलाई खोजी गर्ने क्रममा अजिङ्गरको पेटभित्र मृत भेटिएको हो । प्रहरीका अनुसार दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला परेको थियो ।

त्यसको केही समयपछि बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर फेला परेरको र उसको पेट धेरै ठुलो देखेपछि शंका लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिरिएको थियो । र पेटभित्र उनीहरूले मृतक महिलाको शव फेला पारेका हुन् । गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖