• Friday 23rd of October 2026

कोसीमा खतराको संकेत, रातो बत्ती बालियो


  • धनकुटा खबर
  • .

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ।

शनिबार साँझ कोसी ब्यारेजमा तीन लाख ७ हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ। सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च मापन भएको हाे।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन्। आज बिहानदेखि कोसीमा जलसतह बढ्ने क्रम सुरु भएको केन्द्रले जनाएको छ।

पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भए पछि कोसीमा खतराको संकेत राखिएको छ। अहिलेसम्म बाँधमा कुनै क्षति नभएको केन्द्रले जनाएको छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖