• Friday 23rd of October 2026

जलसतह सतर्कता तह पार गर्यो विष्णुमती नदीले


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।

टेकुदोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖