धनगढी । कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएकचा छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी बेपत्ता भएको खबर आउनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले बताए ।
उनकाअनुसार अहिलेसम्म रानाको अवस्था अज्ञात रहेको छ । यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनको खोजी जारी रहेको छ ।
