• Saturday 24th of October 2026

रोकिएन ‘यौनधन्दा’, महिला र पुरुषसहित होटल सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न महिला पुरुषसहित होटल सञ्चालक पक्राउ परेका छन् ।

मंगलबार राति गोदावरी नगरपालिका-२ नमस्ते गल्लीस्थित ‘कैलपाल सिगास होटल’ बाट सञ्चालकसहित तीनजना पक्राउ परेका हुन् ।

अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक पुरुष, एक महिला र होटेल सञ्चालक महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ । प्रहरीले अत्तरिया क्षेत्रमा यौनधन्दा नियन्त्रण गर्न खोजे पनि रोक्न भने सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖