• Saturday 24th of October 2026

भैरहवा विमानस्थलमा अवतरणको क्रममा यसरी चिप्लियो बुद्धको जहाज


  • धनकुटा खबर
  • .

भैरहवा —भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।

विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट साढे ९ बजे उडेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको रूपन्देहीका प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको छ । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।-दिपेन्द्र बडुवाल/इकान्तिपुर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖