• Saturday 24th of October 2026

धनगढीबाट काठमाडौंका लागि उडान भरेको जहाज फिर्ता भएपछि…..


  • धनकुटा खबर
  • .

धनगढी,२८ असार । धनगढीबाट काठमाडौंका लागि उडान भरेको जहाज फिर्ता भएपछि यात्रुहरुले सास्ती भोगेका छन्। हिजो साझ ५ .२५ मा धनगढीबाट काठमाडौंका लागि उड्नुपर्ने बुद्धको २५६ उडान नम्बरको जहाज ढिलोगरी उडेको थियो।

धनगढीबाट डिले भएर ८ बजे उडेकोमा सो जहाज काठमाडौं नपुगेरै फिर्ता आएको थियो। धनगढी विमानस्थल स्रोतका अनुसार हिजो मौसम खराबीको कारण सो जहाज सुर्खेत नजिकबाट फिर्ता भएर धनगढी नै बसेको थियो। ढिलोगरी उडेको जहाज पुनः फिर्ता आउँदा यात्रुहरु भने भयवित बनेका थिए। सो जहाज आज बिहान भने यात्रु बोकेर काठमाडौं पुगेको बताइएको छ।

बुद्धकै जहाज हिजोमात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको थियो। राति ९ बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ।

उडान नम्बर बीएचए ८०५ विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ। जहाज केहीबरे धावनमार्गमै रहेको कारण विमानस्थल बन्द गरिएको थियो। बुद्धको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर राति नै पार्किङमा पुर्याएपछि विमानस्थल खुलेको बताइन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖