• Saturday 24th of October 2026

त्रिशूलीमा खसेको बस र यात्रुको अवस्था अझै अज्ञात, प्रहरी आज बिहानबाट नै खाजीकार्यमा


  • धनकुटा खबर
  • .

चितवन । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार (हिजो) दिनभर खोजिएको तर पनि बस वा यात्रु कसैलाई पनि फेला पार्न नसकिएको जितवन प्रहरीले जनाएको छ । शुक्रबार (हिजो) दिनभर खोजिएर पनि बस र यात्रुको अवस्था नखुलेपछि अँध्यारो भयो, र खोजीकार्य स्थगित गर्नुपरेको थियो ।

आज अहिले फेरी विहानबाट नै खाजीकार्यमा जुटिने चितवन प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको जानकारी दिए ।

उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । पर्दा निकालिएपछि कुन बसको भन्ने बुझ्न लगाउँदा एन्जल बसकै रहेको बस संचालकले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖