• Saturday 24th of October 2026

बस पुर्न थालेपछि ३ जना यात्रुले झ्लाबाट यसरी ज्यान बचाए


  • धनकुटा खबर
  • .

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बस बगाउन थालेपछि ३ यात्रुले झ्यालबाट हामफालेर ज्यान वचाएको पाईएको छ।

शुक्रबार विहान करिब साढे ३ बजे पहिरोले दुईवटा यात्रु बस पुरेको थियो। काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ०००१ ख २४९५ नम्बरको गणपती डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस पहिरोमा पुरिएका छन्। गणपति डिलक्समा रहेका ३ जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका हुन्।

यसरी ज्यान जोगाउनेमा रौतहटको देवाही गोनाहीका २ र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन। उनीहरु अर्को बस चढेर नारायणगढ पुगेका छन्। बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको एक यात्रुले बताएका छन्। अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएको उनको भनाई छ।

उनका अनुसार उनीसँगै क्याबिनमा ४ जना पनि थिए। उनले आफूसँगैका अन्य यात्रु बेपत्ता भएको बताएका छन्। चितवनका सीडीओ इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना गरी ६५ यात्रु रहेको अनुमान छ। यात्रुहरुको एकिन विवरण भने खुलेको छैन।

हाम फालेर बाँचेका ३ जना वाहेक पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖