• Saturday 24th of October 2026

नारायणी नदीमा फेला परेको शव हराएकै बसका यात्रुको भएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं । नारायणी नदीमा शनिबार भेटिएको शव शुक्रबार पहिरोले बगाएर बेपत्ता भएका भएका बसका यात्रुको भएको पुष्टि भएको छ ।

चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा फेला परेको शव हराइरहेको बसमा यात्रा गरेका भारतीय नागरिकको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बसका यात्रु ऋषि पाल साहको उहाँले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको हो ।

साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर तल नारायणी नदीमा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖