• Saturday 24th of October 2026

पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्दरकार्यका लागि खटियो त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्दरकार्यका लागि जुटेको छ ।

साहसिक खेल मात्र नभइ उद्दार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्स समेत भनिन्छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ ।

जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।

मलेखु स्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।

सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सन्चालक उद्दव कँडेलले बताए। र्‍याफ्टिङ गाइड समेत रहेका उद्दव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖