• Saturday 24th of October 2026

भेटिएको शव पहिरोमै परेका सर्लाहीका १९ वर्षीय माझीको भएको पुष्टि


  • धनकुटा खबर
  • .

चितवन र पूर्व नवलपरासीस्थित नारायणी किनारमा फेला परेको एउटा शवको सनाखत भएको छ। उक्त शव सर्लाहीको बरहथवा नगरपालिका ३ का १९ वर्षीय रमित कुसर माझी भएको जिल्ला प्रहरी कार्यालय चितवनका डएिसपी भेषराज रिजालले पुष्टि गरे।

उनका आफन्तले शवको सनाखत गरेका हुन्। सोही स्थानमा फेला परेका अर्का व्यक्तिको शवको भने सनाखत हुन सकेको छैन।

यसका लागि बेपत्ताका आफन्तसँग सम्पर्क गरिरहेको पनि डीएसपी रिजालले बताए। उक्त शव पनि गाडी दुर्घटनामै परेका व्यक्तिको भएको प्रहरीको अनुमान छ। शुक्रबार बिहान भएको दुर्घटनामा तीन जनाको शव फेला परेकोमा दुई जनाको सनाखत भएको छ।

नारायणी नदीमा आज बिहान भारतीय नागरिक ऋषिपाल साह को पनि शव फेला परेको थियो।

यससँगै आजका लागि खोजि कार्य स्थगित भएको र भोलि बिहानैबाट सुरु गर्ने उनले बताए। खोजि कार्यमा गोताखोरसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना शुक्रबारदेखिनै जुटेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖