गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित नारायणी नदी किनारमा शनिवार फेला परेको मध्ये सनताख हुन बाँकी एउटा शव चितवनका बिकास परियारको भएको पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृतक बिकासका दाई बिजय परियारले माडी नगरपालिका वडा नं. १ बस्ने आफ्नो २२ वर्षका भाइ बिकास परियार भनि पुष्टी गरेका हुन् ।
बिरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं. बसमा बिकास यात्रा गरेका थिए । गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भैसहेको छ ।
