• Saturday 24th of October 2026

नारायणी नदीको टापुमा मृत भेटिएका दुई जना गणपति र एन्जल्स बसका यात्रु रहेको पुष्टि


  • धनकुटा खबर
  • .

चितवन । नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिबार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार माडी–१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन्। विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए।

यहा भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। उनका बुवा रवीन्द्रकुशर माझीले शवको सनाखत गरेका थिए। उनी काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए।

भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖