• Saturday 24th of October 2026

नवलपरासीमा भेटिएका दुई शवको सनाखत, चार जनाको पहिचान हुन बाँकी


  • धनकुटा खबर
  • .

नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) को विनय त्रिवेणीमा आइतबार भेटिएका दुईवटा शवको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालकाअनुसार एउटा शव भरतपुर–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विकको हो। उनी एन्जल्स डिलक्स चढेर वीरगञ्जबाट काठमाडौं जाँदै थिए।

सोही ठाउँमा भेटिएको अर्को शव रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय रहुपा मियाको रहेको डिएपी रिजालले जानकारी दिए। मिया गणपति डिलक्स चढेर काठमाडौंबाट गौर जाँदै थिए।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार विभिन्न ठाउँमा भेटिएका अन्य चारवटा शवको सनाखत हुन बाँकी छ।

आइतबारसम्ममा गणपति डिलक्समा चढेका ३ र एन्जल्स डिलक्समा चढेका २ जनाको पहिचान भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖