• Saturday 24th of October 2026

बागमतीमा डुबेका तीन मध्ये दुई बालकको उद्धार, एक बेपत्ता


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा, रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये  २ जनाको उद्वार भएको छ भने बेपत्ता एकजना बालकको खोजीकार्य जारी रहेको छ।

बिहानै देखि लागेको चर्को घामले अत्यधिक गर्मिलागेर सोमवार दिउसो स्थानिय हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा बर्ष १२ को सयदुल्ला कवाडी बर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए।

नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछी स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडी लाई पानीबाट निकालेर  तत्काल उपचारको लागी गरुडा तर्फ पठाईएको  थियो।
हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी नदीमा बेपता भएको छ। 

घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजि कार्य हुँदा पनि तीनबजे सम्म बेपता बालक फेला परेको छैन।

पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोड सहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । उद्धार भएका दुईजना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖