• Saturday 24th of October 2026

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ


  • धनकुटा खबर
  • .

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी नजिकैको झिन्चौर खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ ।

गएरातिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना बेपत्ता भएका हुन् । मृतकको सनाखत र अन्य क्षतिबारे प्रहरीको सहयोगमा स्थानीय पालिकाले अनुसन्धान गरिरहेको छ ।

यसैगरी बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖