राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।