• Wednesday 28th of October 2026

बलात्कार आरोपमा १ जना पक्राउ


  • धनकुटा खबर
  • .

पाल्पामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । ​पक्राउ पर्नेमा मिस्दी गाउँपालिका- ७ ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विक छन् ।उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन्तबहादुरले ती महिलालाई गत असार ३१ गते बिहान उनकै घरमा करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖