सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ हटेपछि नयाँ शिक्षामन्त्रि विद्या भट्टराई बनेकी हुन् । उनीहरु दुवै जना प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य पनि हुन। पहिले सुमना शिक्षामन्त्रि हुदा उठाएका कुरा हरुमा उनले साथ् र समर्थन दिने गरेकी थिइन् तर निवर्तमान मन्त्री सुमना र नयाँ मन्त्री विद्या दुबै बुधबार शिक्षा समितिमा भेटिएका थिए। त्यसै बीच शिक्षामन्त्री विद्याले अघिल्ला मन्त्रीको सबै निर्णयले निरन्तरता नपाउने बताएकी छिन।
उनले भनेकी छिन ‘म अविच्छिन्न उत्तराधिकार भएको कारणले निर्णयहरु जुन ऐन कानुनसम्मत छन् तिनलाई मात्र म पालना गरेर अगाडि बढ्नेछु’ शिक्षामन्त्री भट्टराईले भनिन मन्त्री अनुसार बुझाइ फरक हुन सक्छ । अर्थात सुमनाले केही विषय एजेण्डाका रुपमा अगाडि सारेकी थिइन् र त्यो आफूले नबोक्ने शिक्षामन्त्रि विद्या भट्टराईले प्रष्ट संकेत गरेकी छिन । विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल गर्न बोलाएको बैठकमा उपस्थित सुमनाले भनि केही पनि नबोली उनी छिट्टै बैठक छाडेर हिँडेकी थिइन।
