• Wednesday 28th of October 2026

पतिको हत्या अभियोगमा पत्नी र छोरी पक्राउ


  • धनकुटा खबर
  • .

सर्लाही : सर्लाहीमा एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका-१३ आलेटोल निवासी ५९ वर्षीया जंगलबहादुर बलको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती र छोरीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतककी पत्नी ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितललामा छन्। उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घरायसी विवादमा उनीहरूले कुटपिट गर्दा जंगलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुवैलाई घरबाटै पक्राउ गरेको हो। जंगबहादुरलाई प्रहरीले आफ्नै घरको कोठामा मृत अवस्थामा फेला पारेको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖