• Sunday 25th of October 2026

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि


  • धनकुटा खबर
  • .

काठमाडौं।सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ। नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।

सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ। उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।

त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै विभागले तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖