काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ ।
आइतबार जम्कट्टेलले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । बिहीबार काठमाडौँमा बसेको सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । राप्रपाका वाग्मती प्रदेश सभामा १२ जना सदस्य छन् ।
नेकपा एमालेले जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको छ । केन्द्रमा कांग्रेससँग सत्ता समीकरणको निर्णय गरेपछि एमालेले जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको हो ।
