• Monday 5th of October 2026

मोहम्मद सिराज एकदिवसीय बरीयतामा नम्बर १ बलर बने


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपको फाइनलमा आफ्नो बलिङले हलचल मच्चाउने भारतीय फास्ट बलर मोहम्मद सिराज आइसीसीको पछिल्लो एकदिवसीय वरियतामा पहिलो स्थानमा उक्लिएका छन् ।

सिराज एकदिवसीय बलरको वरियतामा आठ स्थान माथि उक्लिएका छन् । एसिया कपमा सिराजले लगातार उत्कृष्ट बलिङ गरेका थिए । सिराजले प्रतियोगितामा १२.२ को औसतमा १० विकेट लिए।

श्रीलंकाविरुद्धको फाइनल खेलमा उनले २१ रनमा ६ विकेट लिएका थिए । फाइनलमा श्रीलंकाको टोली ५० रनमा मात्रै अलआउट भएको थियो । फाइनल खेलमा भारत १० विकेटले विजयी भएको थियो ।

सिराजले एकदिवसीय वरीयतामा अस्ट्रेलियाका जोस हेजलउडलाई उछिनेका छन् । मार्चमा सिराजलाई हटाएर जोस हेजलउड एकदिवसीय वरियतामा पहिलो स्थानमा पुगेका थिए । हेजलवुड अहिले दोस्रो नम्बरमा छन् ।

ब्याट्सम्यानको वरियतामा पाकिस्तानका बाबर आजम पहिलो र भारतका शुभमन गिल दोस्रो स्थानमा छन् । शीर्ष १० ब्याट्सम्यानमा विराट कोहली आठौं र रोहित शर्मा दशौं स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖