• Thursday 8th of October 2026

काभा भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो


  • धनकुटा खबर
  • .

काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले पराजित गरेको हो।

प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भइसकेको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो।

हारसँगै श्रीलंकाले चौथो स्थानमा रह्यो। अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।

यता भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको थियो। अब दोस्रो भएको नेपाल र तेस्रो भएको इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यता माल्दिभ्स भने सबै खेलमा पराजित भयो।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।

सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖