• Tuesday 6th of October 2026

पाकिस्तानमा एमपक्स संक्रमणको पहिलो केस भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानमा एमपक्स संक्रमणको पहिलो केस प्रकाशमा आएको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार एमपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार संक्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने यकिन भइरहेको र व्यक्तिको नमूना पनि लिइएको छ ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार एमपक्सबारे एक एडभाइजरी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो।

यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन्। स्वास्थ्य मन्त्रालय कुनै पनि परिस्थितिको सामना गर्न सतर्क छ।

यसअघि स्वीडेनमा एमपक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपक्स भएको जनाएको छ ।

अफ्रिकाका केही भागहरूमा फैलिएको एमपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।

डब्ल्यूएचओले पनि एमपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा वर्णन गरेको छ।

एमपक्स एक संक्रामक रोग हो, जसलाई पहिले मंकीपक्स पनि भनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖