• Wednesday 7th of October 2026

हंगेरीमाथि जर्मनीको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ । त्यस्तै हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।
    
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖