• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

डा. स्वर्णिम वाग्लेको ‘बिल्ला’ !


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्थशास्त्रसँग जोडेर हेर्दा डा. स्वर्णिम वाग्ले गह्रुङ्गो नाम हो । विश्व बैंकजस्तो अन्तर्राष्ट्रिय संस्थामा समेत काम गरिसकेका स्वर्णिमले यससम्बन्धी राम्रै विश्लेषण गर्ने क्षमता राख्दछन् ।

र, नेपालले त्यो उनको क्षमतालाई राम्रै भाउ दिएकै पनि हो । त्यसैले उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत बने ।

तर, जब उनले आफ्नो ‘बिट’ छाडेर समाज र साहित्यबारे बोले, उनी ‘बिल्ला’को शिकार बने । मुलुकको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसदसमेत रहेका स्वर्णिमले केही दिनपहिले पूर्वशिक्षामन्त्रीसमेत रहेकी रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठसँगको कुराकानीमा मूलत: दुईवटा विषयमा अनभिज्ञता छताछुल्ल पारे ।

पहिलो— व्याकुल माइला (प्रदीपकुमार राई) राष्ट्रकवि हुन्, जसले राष्ट्रिय गान लेखे । र, दोस्रो— राष्ट्रिय गानका सङ्गीतकार गोपाल योञ्जन हुन् ।

संवादका क्रममा उनले भनेका छन्, “व्याकुल हो कि के कविजी, राष्ट्रकवि, आयाम भेरी क्यूरियस । ओहो ! जनजाति पृष्ठभूमिको कविले नेपालको राष्ट्रिय गीत गाएर, आई थिङ्क योपाल योञ्जनले म्युजिक भर्नुभएको भन्ने न्यूज पढेपछि गूगल गरेरचाहिँ सोधखोज गरेँ, सयौं थुङ्गा फूलका हामी…।”

स्वर्णिमले २५ सेकेन्डमा यो अभिव्यक्ति दिइसक्छन् । यो भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनाइएको छ । त्यसका कमेन्टहरू पढिसक्नु छैन, धेरैले स्वर्णिमलाई बिल्ला गरेका छन्, समान्य विषयवस्तुमा सामान्य ज्ञानसमेत नराख्ने भनेर आलोचना गरिरहेका छन् ।-नेपाल भ्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖