• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

काठमाण्डौबाट १ सय ५८ जना यात्रु लिएर उडेको न्यारोबडी जहाजले गर्यो भैरहवामा अवतरण


  • धनकुटा खबर
  • .

काठमाण्डौ – नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गरेको छ ।

काठमाण्डौबाट १ सय ५८ जना यात्रु लिएर उडेको न्यारोबडी जहाज दिउँसो १२ बजेर ५५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो ।

निगमले गएको सोमवार काठमाडौ–भैरहवाको लागि टिकट खुलाएकोमा अर्को दिन बिहानै बिक्री भइसकेको थियो ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाइजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको जहाजमार्फत भैरहवामा एउटा उडान गरेको हो ।

काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖